महाेत्तरीकाे गाैशाला नगरपालिका अन्तर्गत रुपनी खाेलामा सिचाइकाे लागि डिपिआर तयार गर्न अध्ययन शुरु गरेको छ । बिहीबार गाैशाला नगरपालिका वडा नम्बर ७ स्थित रुपनी खाेला (लक्ष्मिनिया माईथान) मा सिचाइकाे लागि ड्याम्म बनाउन डिपिआर तयार गर्न अध्ययन शुरु गरेको हाे ।
सिंचाइ, पर्यटन तथा धार्मिक स्थलकाे लागि समेत डिपिआर तयार गर्न कार्य शुुरु भएकाे नगर प्रमुख डा. दिपेन्द्र महताेले जानकारी दिए । यस ड्याम्मबाट वडा नम्बर ६, ७ र ९ का किसान लाभान्वित हुने प्रमुख : डा. महताेले बताए ।
नेपाल कृषि प्रधान देश भए पनि किसानकाे लागि गाैशाला नगरपालिकमा सिंचाईकाे कुनै व्यवस्था नभएकाे कारण किसानहरुलाई खेति गर्न निकै समस्या भइरहेका छन् त्यसैलाई मध्य नजर गर्दै नगरपालिकाले सिंचाइका लागि युनिक कन्सलटेन्सी काठमाडौं टिमका ई. प्रेम चन्द्र झाकाे नेतृत्वमा आएका टाेली अध्यन शुरु गरेका छन् ।