रौतहट : प्रधानाध्यापक सरुवाको विषय लिएर प्रदर्शनमा उतरेका नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिपक्षीदलका केहि ब्यक्तिले आफ्नो स्वार्थका लागी उचालेर गराएको र बिधालयलाई राजनेतिक अखाडा बनाएको छ ।
त्यसलाई सुधार गर्ने खोज्दा बिधालयलाई राजनेतिकिकरण गरि बिधार्थीलाई उचालेर आन्दोलन गराउनु, पालिका घेराउ गराउनु असोभनिय रहेको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आपति जनाएका छन् ।
एउटै विद्यालयमा लामो समय देखि कार्यरत रहेको, शैक्षिक अवस्था तहसनहस पारेको, विद्यालयलाई राजनीतिक अखडा बनाएकोले सुद्धिकरणका लागि सरुवा गरिएको मेयर जयसवालले दाबी गरेको छ ।
शिक्षक र प्रधानाध्यापक सरुवा हुनु स्वभाविक हो यो त बेला बेलामा हुनै पर्छ, यसमा आतिनु पर्ने कुनै आवश्यक नै छैन। हामिले कसैमाथि अग्रहपुर्वाग्रह नराखि यो निर्णय गरेका छौ र बिस्तारै आवश्यकता अनुसार अरु बिधालयमा सरुवा गर्दै जाने पनि हो मेयर जयसवालले भने ।