https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : दाइजो सम्बन्धी कसूरमा डा. पंकज चौधरी जेल चलान भएका छन् । श्रीमति नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का पंकजलाई पुर्पक्षका लागि कारागार पठाएको छ ।

इजलास नं. २ का न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तदार मदन प्रसाद जयसवालले जानकारी दिए । बिहीबार अदालतमा दर्ता भएको सो मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो ।

गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो। त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको बताएकी थिइन्।

पंकजले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।

नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।

उनका श्रीमान पंकजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार