
आर्यन साह
रौतहट : अर्थ न्युज नामक राष्ट्रिय टिभीको रौतहट जिल्ला प्रतिनिधि विकास अग्रवालले राजश्री सेविङस एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड नामक संस्थाको एजेण्टबाट पिडित एक सेवाग्राहीले भनेको कुरा आफ्नो अधिकारिक फेसवुकबाट सम्प्रेषण गर्दा संस्थाका प्रबन्धक कृष्ण चन्द्र दहाल उक्त पत्रकारलाई आवश्यक कारवाहीको लागी प्रहरीलाई पत्र काटेर पूरा संचार जगतलाई नै दोषी बनाएको छ ।
उक्त संस्थाले सेवाग्राहीलाइ ठगी गर्ने, समयमा भुक्तानी नगर्ने, एजेन्ट मार्फत दैनिक रुपमा रकम संकलन गरि समयमा भुक्तानी नगर्ने जस्ता कार्यहरु समय समयमा गर्दै आएका सर्वविविदै छ । पैसा लिने र दिने बेला आनाकानी गर्ने कार्य यस बैंकको बानी नै परि सकेको केही भुतभोगी सेवाग्राहीहरु बताउँछन् ।
एक संचारकर्मी भन्छन्, रकम जम्मा गर्नेलाइ कुनै जानकारी नै नदिई ऋण लिनु, जवाब माग्दा नदिनु प्रबन्धकको गैर जिम्मेवारी कार्यको बिरुद्ध समाचार लेख्ने पत्रकारलाइ एउटा पत्र काटेर धम्क्याउन खोज्नु निन्दनीय कार्य हो । साथै यस्ता प्रबन्धकलाई कारवाही गर्न सम्बन्धित निकाय संग जोडदार माग गर्दछु ।