
गौशाला: शितलहर बढेपछि महाेत्तरीकाे गौशाला नगरपालिकाले दिए नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म बिदा दिएको छ । नगरपालिकाले शितलहरकाे प्रभाव बढन थालेपछि जाडो बिदा दिएको हाे ।
नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा वर्षे विदा कट्टा हुने गरी पुस २४ गते देखी पुस २९ गतेसम्म माध्यमिक तहको कक्षा ९ देखी १२ बाहेक सम्पूर्ण कक्षाहरु जाडो बिदा दिने निर्णय भएको शिक्षा शाखाका अधिकृत संजय कुमार सिंहले बताए ।
कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुको जाडो विदा नदिनुको कारण स्थानीय तहको चुनाव, केन्द्रको चुनाव, पाठ्यपुस्तक दुई महिना ढिलो पठाएको कारण विद्यार्थीहरुको आवश्यकता अनुसारको पढाई हुन नसक्नु र अन्य त्यस्ता विदाहरु धेरै भईसकेको कारणले कक्षा ९ देखी १२ कक्षासम्मलाई विदा नदिने निर्णय भएको सिंहले बताएको छ ।