https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, पुस २३ गते ।
जनकपुरधाम : धनुषा जिल्लाकाे उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहकारी संस्थाहरूलाई उत्पादनमुखी काममा लाग्नुपर्ने बताएका छन् ।

आस्था बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न तेर्हौ साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख साहले सो कुरा बताएका हुन् । उनले सहकारीको अभियानलाई उत्पादनसँग जोड्न सकेमात्र समृद्ध समाजको निर्माण हुन सक्ने बताए ।

सहकारी समाज विकास र परिवर्तनको सम्बाहकको रूपमा प्रयोग हुन सक्ने साधन भएकाले त्यसका सञ्चालकहरूले सुझबुझका साथ नीति, विधि र प्रक्रियाभित्र रहेर सहकारीलाई उत्पादनमुखी अस्त्रको रूपमा प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै उनले अहिलेसम्मका सहकारीका गतिविधिलाई हेर्दा कतिपयले सहकारीलाई ठगी खाने भाडोका रूपमा प्रयोग गरेको बुझिन आएकाले त्यस्ता खालका सहकारीहरूले तत्काल पारदर्शी तरिकाले अघि बढ्न आग्रह गरे ।

सर्वसाधारण नागरिकले गास कटाएर बचत गरेको धनमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्ता खालका गतिविधि गर्नेहरूमाथि स्थानीय सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि उनले बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष गोपालप्रसाद गुरुङको अध्यक्षता भएको सो कार्यक्रममा संस्थाले आफ्ना असल बचतकर्ता, असल ऋणि, ज्येष्ठ नागरिक बचत कर्ता लगायतका व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार