
गौशाला : जनता समाजवादी पार्टी मधेश प्रदेश संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोज कुमार यादव सर्वसम्मतबाट चयन भएको छ ।
सोमबार संसदीय दलका नेता लागि यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराएका थिए ।
मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन् ।
जनता समाजवादी पार्टी मधेश प्रदेशमा १६ जना प्रदेश सांसद रहेका छन् ।