https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, पुष २५ गते ।
महोत्तरीको गौशालामा दिलिप महतोको तेश्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । सोमबार गौशाला नगरपालिका वडा न.५ गणेश मन्दिर स्थित युथ एसोसियसन अफ (यान) नेपालको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । वातावरण संरक्षक स्व.ओम प्रकाश महतो (दिलिप) को सम्झनामा मैनबत्ती बाली श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यानका सचिव मनोहर यादवको नेतृत्वमा गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले दिलिपको हत्यामा संलग्न दोषीलाइ कडा भन्दा कडा कारवाही हुनुपर्ने, दिलिप महतोलाइ न्याय दिनुपर्ने, नेपालको पहिलो पर्यावरण सहिद घोषणा गर्नुपर्ने, उनको परिवारलाइ राहत उपलब्ध गराउनुपर्ने, जति सक्दो जाडो उनको मुद्धाको सुनुवाई हुनुपर्ने लगायतका मागहरु राखिएको छ ।

दिलिप महतो धनुषाको मिथिला नगरपालिका वडा न. ५ औरही निवासी एक सक्षम युवा थिए । उनि मेक्यानिकल इन्जिनियरिंग अध्ययन गर्दै थिए । गाउँको छेउमा रहेको औरही नदिमा अवैध उत्खनन भैरहंदा उनले त्यसको प्रत्यक्ष विरोध गरेका थिए । निरन्तर उनले विरोध गरिरहदा एकदिन उनि बिहानै करिब ४ बजे अवैध उत्खनन भईरहेको थाहा पाए पछी एक्लै विरोध गर्न गएका थिए ।

सो क्रममा भूमाफियाहरुले उनको टाउकोमा रड प्रहार गरि टिफरले शरीरले किचेर हत्या गरिएको सचिव यादवले जानकारी दिए । दिलिप सदैव अवैध उत्खननले वातावरणमा ह्रास आउने भन्दै त्यसको विरोध गरोरहेका थिए तर जसमा उनले आफ्नो ज्यान गुमाउनु परेको यादवको भनाइ छ । महतोको २०७६ पुष २५ गते हत्या गरिएको थियो ।

आज मनाइएको श्रद्धाञ्जली कार्यक्रम महोत्तरीको गौशाला सहित बर्दिवास, धनुषा जनकपुरको रामानन्द चौक, काठमाडौँको माइतीघर मण्डलामा पनि श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार