https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही : गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत संचालित सर्लाहीका आठवटा क्रसर उद्योग बन्द गराइएको छ ।

ती आठमध्ये पाँचवटा उद्योग बागमती नगरपालिकाभित्रका रहेका छन् । मन्त्रालयले मापदण्ड मिचेर संचालनमा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र तत्काल बन्द गराउन निर्देशन दिएपछि पहिलो चरणमा दर्ताबिनै संचालित आठवटा क्रसर उद्योग बन्द गराइएको हो ।

बन्द गरिएका क्रसर उद्योगहरुमा हरिओम एग्रिगेट इन्डष्ट्रीज बागमती, एलिट एग्रिगेट प्रा.लि. बागमती, गौतम गिटी बालुवा प्रशोधन एण्ड क्रसर उद्योग बरहथवा, हजरिया बालुवा गिटी प्रशोधन कम्पनि प्रा.लि. बरहथवा लगायत रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा २० वटा क्रसर उद्योग दर्ता छन् । तीमध्ये धेरै उद्योगले नवीकरण पनि नगराएको पाइएको छ ।

क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रको अनुगमन गर्न हिजो भर्खर सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति नै गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीको संयोजकत्वमा गठित सो समितिको अनुगमन प्रतिवेदनको आधारमा मापदण्ड मिचेर चलाइएका यहाँका अन्य क्रसर उद्योगहरु पनि बन्द गराइने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

जिल्लामा अधिकांश क्रसर उद्योग मानव बस्ती, वन जङ्गल र मुख्य राजमार्ग नजिकै संचालित छन् । ती क्रसर उद्योगले नजिकका खोलाबाट अवैध रुपमा उत्खनन गर्ने गरेको गुनासो बारम्बार आउने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार