
अजय मिश्रा
कपिलवस्तु, पुस २८ गते ।
दुर्घटना न्यूनीकरण गर्न साइकलमा टल्किने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको हो ।
साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर टि ओ सड्कमा गुड्ने साइकल उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट कृष्णनगर प्रहरी नायब निरीक्षक चुरामणी पोखरेल नेतृत्वको टोलीले ६० साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस गरेको थियो ।
रातिमा साइकल यात्रा गर्ने हुँदा दुर्घटना बढेको ठहर गर्दै यस किसिमको अवधारणा ल्याएको तथा अर्को हप्ता पुन साइकिलहरुमा स्टिकर टांस गरिने जानकारी अस्थायी ट्राफिक पोष्ट कृष्णनगर प्रमुख प्रहरी नायब निरिक्षक हरि जिसिले जानकारी दिए l