
धनकुटाको सिधुवा बजारमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएको छ । छथर जोरपाटी गाउँपालिका स्थित सिधुवा बजारमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएको हो ।
बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि सुरु भएको आगोले हेम थापा र अर्जुन घिमिरे सहितको घरमा क्षति पुगेको स्थानीय गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । सेना, प्रहरी र स्थानीय बासिन्दा तथा धनकुटा र बसन्तपुरको दमकलको सहायतामा आगो निभाइएको वडाध्यक्ष दिपक गुरुङले जनकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन।