गाैशाला: जनप्रतिनिधिकाे आदेशमा अबैध खाेला उत्खनन भएको समाचार गलत हाे : महाेत्तरीकाे गाैशाला नगरपालिका मेयर डा. दिपेन्द्र महताेले बताएको छ ।
शुक्रबार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेयर डा. महतोले आफ्नो कार्याकालमा अवैद्य उत्खनन पुर्ण रुपमा बन्द भएको दाबी गर्दै केही मिडिया तथा राजनितीक दलहरुले नियतवश जनतामा भ्रमपुर हल्ला फैलाउन खोजेको आरोप लगाए ।
पुष १३ गते जिल्ला समन्वय समितिले अवैद्य उत्खननको अनुगमन गर्ने क्रममा गौशाला नगरपालिकाको ट्र्याक्टर र जेसिभीलाई उत्खनन गर्दै गर्दा नियन्त्रणमा लिएको समाचारलाई केहि मिडियाले अवैद्य उत्खननमा मेयरको संलग्नता भनि समाचार सम्प्रेषण गरेका थिए । मेयर महतोले किसानहरुले उखु बिक्रिको लागि लैजाने सडक खण्ड जिर्ण भएकोले आकस्मिक रुपमा उक्त सडक निमाणर्को लागि आफुले निर्देशन दिएको जानकारी गराएका छन् ।
उनले भने “आपतकालमा जनताको सेवा गर्दा पनि म विरुद्घ भ्रमपुणर् समाचार फैलाउने काम भयो ।” मेयर महतोले अवैद्य उत्खनन तथा अवैद्य क्रशर एवम बालुवा प्रशोधन उद्योग माथि नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको बताएका थिए ।
उनले नगर क्षेत्रमा संचालित १४ वटै उद्योगलाई वैद्यताको प्रमाणपत्र दिन नगरपालिकाले विभिन्न समयमा पत्राचार गरेको बताउदै अनुसन्धानको क्रममा दोषि देखिएकालाई कारबाही गर्न नगरपालिका तत्पर रहेको बताएका छन् । मेयर महतोले खराव राजनितीको कारण अवैद्य उत्खनन तथाउद्योग संचालनलाई प्रशय मिलेको आरोप समेत लगाए ।