बर्दिवास : पोखरामा भएको यति विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा महोत्तरीको बर्दिवासमा दिप प्रज्वलन गरिएको छ ।
सबैका लागि हामि भन्ने युवाहरूको समुहले बर्दिवासको मुख्य चोकमा मैनबत्ती प्रज्वलन गरि एक मिनेट मौन धारण गर्दै मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका हुन् । सबैका लागि हामी समुहका अध्यक्ष सुनिल कुमार साहले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्न दिप प्रज्वलन गरिएको बताए । “पोखरा विमान दुर्घटनाले हामी मर्माहत छौँ” दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रती भावपुर्ण श्रद्धाञ्जली लेखिएको ब्यानर सहित बर्दिवासवासिले चिर शान्तिको कामना गरेका हुन् ।
घाइतेको स्वास्थ लाभको कामना र परिवारमा समवेदना समेत ब्यक्त गरिएको अध्यक्ष साहले बताए । श्रद्धाञ्जली सभामा बर्दिवासका १ सय बढी स्थानियको सहभागी थियो । आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान पोखरा गौतमवुद्द अन्तर्राष्ट्रिय विमानस्थलको नजिक सेती नदि खोचंमा दुखटनाग्रस्त भएको हो ।
दुर्घटनामा परि ज्यान गुमाएका ६८ जनाको शव फेला परिसकेको छ । चालकदलका ४ सदस्य सहित विमानमा ७२ जना यात्रु सवार थिए ।