https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

काठमाडौं : पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा युवा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । आइतबार विहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन—एनएनसी एटीआर विमान सेती खोचमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ३७ वर्षीय पौडेलको पनि निधन भएको पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै महासंघका केन्द्रीय सदस्य पौडेलको दुर्घटनामा निधन भएको खबरले महासंघ स्तब्ध र शोकमग्न भएको बताएका छन् । महासंघले उनको निधनबाट नेपाली पत्रकारिताले एक अनुभवी, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेको छ । ०७७ मा भएको निर्वाचनबाट उनी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

वि.सं. ०७४ सालमा उनले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश शाखाको संस्थापक अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका उनले विभिन्न संचार माध्यममा काम गरेका थिए । उनका आमा, श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार