Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/rajdhan1/public_html/wp-includes/functions.php on line 6121
Rajdhani Today
https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : यतिको जहाज रनवे पुग्न १० सेकेण्ड मात्रै बाँकी थियो । यति एयरको एटिआर जहाज नाइनवाइटी ६९१, नाइनएन-एएनसी जहाज काठमाडौंबाट १०:३२ मा उडेको थियो । उक्त जहाज पोखरा विमानस्थलमा १०:५८ मा अवतरण हुनुपर्ने थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मौसम सफा थियो। उक्त जहाजले पोखरा विमानस्थलमा अवतरणको अनुमति लिइसकेको अवस्था थियो । उक्त जहाजले १०:५० मा टावरसँग ल्याण्डिङको अनुमति लिइसकेको थियो । अनुमति लिइसकेको अवस्थामा उक्त जहाज पोखरा विमानस्थलबाट १.७ किलोमिटर टाढा थियो। यो बेला जहाज अवतरण गर्ने चरणमा थियो ।

१०:५० र १०:५८ बीच केही समय जहाज सम्पर्कमा आएन, एकाएक जहाज १०:५८ मा सम्पर्कमा आयो । त्यतिबेला जहाज दुर्घटनामा परिसकेको थियो । ‘पाइलटले त्यो बेला सेती खोंच भनिरहेको थाहा भएको छ, ’प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नवपथसँग भने, ‘ल्याण्डिङ हुन १० सेकेन्ड मात्रै बाँकी थियो ।

‘अवतरणका लागि पोखरा विमानस्थलको टावरले अनुमति दिइसकेको अवस्था थियो,’ निरौलाले थपे, ‘तर जहाज एक्कासि सेती खोंचमा झरेको देखिन्छ, यो कसरी भयो भन्ने अनुसन्धानले मात्रै पत्ता लगाउने कुरा भयो । उनका अनुसार पोखरामा दुईतिरबाट जहाज अवतरण हुन्छन्। यतिको जहाज आइतबार पश्चिमतर्फबाट अवतरण हुन लागेको थियो ।

उनका अनुसार जहाजमा प्राविधिक गडबडी थिएन, पाइलटले त्यो जानकारी पनि दिएका थिएनन् । तर, टावरले अनुमति दिइसकेको केही समय जहाज सम्पर्कविहीन भयो । सम्पर्कविहीन भएपछिको केहीबेरमा पाइलटले टावरलाई ‘सेती खोंच’ भनेर रिपोर्ट गरे । त्यो सम्पर्कविहीन भएको कति समय हो, पत्ता लागेको छैन, ’निरौलाले भने ।

‘यसपछि जहाज दुर्घटना भएर आगो लागिरहेको खबर आएको हो, अन्तिमपटक पाइलटले १०:५० मा टावरलाई सम्पर्क गरेको देखियो, ’उनले भने । जहाजमा आकस्मिक रूपमा के समस्या आयो भन्ने कुरा ‘रहस्य’मै छ । तर, अहिलेसम्म प्राप्त भिडिओबाट जहाजले रनवेतर्फ ‘टर्न’ गरेको देखिएको र ‘टर्न’ गर्दा ‘ओभर टर्न’ गरेको देखिएको उनले बताए ।

‘ओभर टर्न गरेको देखिन्छ, तर यो चाहिँ अनुसन्धानबाट पत्ता लाग्ने कुरा हो,’ निरौलाले भने । उनका अनुसार काठमाडौंमा जहाजको प्राविधिक परीक्षण गरिएको थियो। परीक्षण गर्दा जहाजमा कुनै समस्या थिएन ।

‘ल्याण्डिङको अनुमति दिँदा पनि जहाजमा समस्या भएको भनी पाइलटले भनेनन्,’ निरौलाले भने, ‘एयर डिस्टेन्स १.७ किलोमिटर थियो, जहाज ल्याण्ड गर्दैथियो, एकैचोटि ढल्केर जहाज सेती खोंचमा खसेको देखिन्छ ।

उनका अनुसार जहाज साधारण अवस्थाभन्दा बढी दरमा ‘टर्न’ गरेको देखिन्छ । सरकारले यतिको जहाज दुर्घटना छानबिनका लागि समिति गठन गरिसकेको छ। उक्त समितिलाई ४५ दिनको समय दिइएको छ । जहाजमा ६८ यात्रु र चार जना चालक दलका सदस्य थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट