https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन महताे
राैतहट, माघ ३ गते ।
मधेस आन्दोलनका सहिदको सम्झनामा हरेक बर्ष माध ५ गते मनाईने वलिदानी दिवसको अवसरमा गाैरमा वैडमिनटन खेल शुरु भएको छ ।

समाजवादी विधार्थी युनियन राैतहटको आयोजना तथा न्यु दियालो युवा कल्व गाैरको सहयोगमा राईस मिल हलमा शुरु भएको सो बैडमिन्टन खेल प्रतियोगितामा नेपाली सेना ,नेपाल प्रहरी , सशस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ , प्रहरी स्कुल सहित ११ वटा टिम सहभागी भएका छन। यो खेलमा समुह `ए´ र `बि´ गरि दुई समुह रहेको छ । जस अन्तर्गत आज मात्र समूह `ए´ र `बि´ गरि ९ वटा खेल खेलाइएको छ ।

बाँकी रहेको लिग म्याचका खेलहरु भोलि बिहान र बेलुकामा हुनेछ भने सेमिफाइनल र फाइनल खेल भने माघ ५ गते विहीबार बिहान ८ बजेबाट सुरु हुने समाजवादी बिधार्थी युनियन संघका केन्द्रीय सचिव ललन यादव बताउँछन् ।

सो प्रतियोगिताको उदघाटन नेपाल पत्रकार महासंधका अध्यक्ष प्रेमचन्द्र झाले एक कार्यक्रम बिच गर्नु भयाे ।

सो खेलमा प्रथम ,द्वितिय र तृतीय हुने टिमलाई क्रमश ११ हजार ७ हजार र पाँच हजार पुरस्कार दिने आयोजक समाजवादी बिधार्थी युनियन संगका केन्द्रीय सचिव ललन यादवले जानकारी दिनु भयो । प्रतियोगिताका विजयी टिमहरुलाई यही माघ ५ गते बलिदानी दिवसका दिन एक समारोह बिच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने सचिव यादवले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार