काठमाडौं : काठमाण्डौं जिल्लाको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव माघ ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो । माघ २ गते सो ठाउँ:मा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो ।
दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४० बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन् । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।