मुकेश झा
सर्लाही, माघ ५ गते ।
सर्लाहीको हरिवन नगरपालिका स्थित रहेको होलिडे होटेलमा हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकाको बालबालिका क्षेत्रमा काम गर्ने समाजिक अभियन्ता एवं कर्मचारी तथा जनप्रतिनिधीहरुलाइ बाल संरक्षण सम्बन्धि घटना ब्यबस्थापन तालिम आज देखि शुरुभएको छ ।
वर्ल्डभिज इन्टरनेशनल को सहकार्यमा तथा बागमती सेवा समाजको आयोजनामा शुरुभएको ३ दिने तालिममा प्रशिक्षकको रुपमा मधु द्वाडी र तारक धिताल रहनु भएको छ । कार्यक्रममा बागमती सेवा समाजको अध्यक्ष भरत कुमार कार्की ले स्वागत मन्त्वय राख्दै बालबालिकाको क्षेत्रमा स्थानिय तहले समन्वय गरिदिनुहुन आग्रह गर्नु भएको छ ।
बाल संरक्षण सम्बन्धी घटना व्यवस्थापन तालिम बिहिवार देखि शनिबार सम्म ३ दिन चल्ने बागमती सेवा समाजको कार्यक्रम संयोजक प्रमेश बडेले बताएको छन ।