उत्सव आचार्य
सप्तरी : सप्तरीको महादेवा गाउँपालिकाद्वारा तीन सय फाइबर सिरक वितरण गरेको छ । आइतबार महादेवा गाउँपालिकाले चिसोबाट प्रभावित पूर्ण अपाङ्ग, जन्मजात हिँडडुल गर्न नसक्नेलाई फाइबरको सिरक वितरण गरेको छ ।
महादेवा गाउँपालिकाको वडा नम्बर– १ कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले फाइबरका सिरक वितरण गर्नुभएको हो ।
गाउँपालिका उपाध्यक्ष यादवले ६ वटै वडाका ३ सय पूर्ण अपाङ्ग, जन्मजात हिँडडुल गर्न नसक्नेलाई सिरक वितरण गरिएको जानकारी गराउनुभयो । पालिकाबाट विनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरिद गरि वितरण गरिएको उहाँले बताउनुभयो ।
स्रोत : रेडियो नेपाल