https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

काठमाडाैँ : नेकपा एमालेका सांसद रघुवीर महासेठले लक्ष्मी महताे अपराधी नभएकाे जिकिर गरेका छन् । मंगलबार प्रतिनिधिसभाकाे बैठकलाई सम्बाेधन गर्दै सांसद महासेठले यस्ताे जिकिर गरेका हुन् ।

‘लक्ष्मी महतोलाई किन अपराधी भन्ने ? उनी प्रधानमन्त्री बन्न सक्छन् । उनी लोकप्रिय नभएको महोत्तरीबाट चुनाव जितेर आउनु हुन्थ्यो । ओली, देउवा, नेपाल जेल गएका छैनन् र ? अहिलेका प्रधानमन्त्रीमाथी आतंककारीको आरोप लागेको थियो’ ,उनले भने ।

सांसद महासेठले महताे पार्टीकाे सम्पर्कमा नभएकाे बताए ।

‘महतो पार्टीको सम्पर्कमा छैनन् । नियन्त्रणमा लिएको भए जानकारी दिनुपर्‍याे । गृहलाई आग्रह समाउनु पर्ने भए समाउनूहोस् । एमालेका कुनै पनि नेताले अवरोध गर्दैन’ ,उनले भने ।

महताेलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दिएकाे भन्दै उनले अपराधीलाई किन पुरस्कार दिइयाे भनी प्रश्नसमेत गरे ।

‘लक्ष्मी महतो अपराधी नै हुन् त ? उनलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दियो। त्यो हेर्नू पर्दैन ? सात वर्ष भइसक्यो घटना भएको ३ वर्ष भो उच्च अदालतले आदेश भएको हो । किन नसमातेको? उनलाई त सरकारले सम्मान गरेको छ’ ,सांसद महासेठले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट