https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ १५ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकाका कार्यालयमा राष्ट्रिय परिचय पत्र विवरण संलकन केन्द्र संचालनमा आएकाे छ ।

राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभाग सिंहदरवार, काठमाण्डौबाट ईलाका प्रशासन कार्यालय, गौशालाका अतिरिक्त यस नगरपालिकामा राष्ट्रिय परिचय पत्र विवरण संकलन स्थल तोकिएको हुँदा विवरण दर्ता कार्य संचालन भएको हाे ।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोको राष्ट्रिय परिचयको विवरण दर्ता गर्दै सेवा संचालन गरेको छ । राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभागबाट कार्यालयको विवरण दर्ता केन्द्रको लागि १ जना दर्ता अपरेटर र १ जना सहयोगीको व्यवस्थापन गरेको छ भने नगरपालिका कार्यालयका सूचना प्रविधी अधिकृत श्री रंजित कुमार बर्मा र सहायक चौथो श्री इश्वर निरौलालाई रुजु अधिकारीको रूपमा जिम्मेवारी दिईएको छ ।

यस अघी इलाका प्रशासन कार्यालय, गौशालाबाट मात्र सेवा  उपलब्ध भईरहेकोमा सेवाग्राहीहरूको चापका कारण कठिनाई हुदै आएको थियो । गौशाला नगरपालिका कार्यालयमा संचालित विवरण दर्ता केन्द्रबाट थप सेवा प्रदान हुँदा केहि सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय परिचय पत्रका लागि तपसिलमा उल्लेखित कागजात सहित विवरण दर्ताका लागि आवेदन दिन सकिन्छ ।

कागजातहरुः-
१) सक्कलै नेपाली नागरीकाको प्रमाण पत्र, फोटो स्पष्ट र अक्षर वुझिने भएको । २०५८ पछिको नागरीकता भए फोटोमा स्टीकर अनिवार्य भएको हुनु पर्नेछ ।
२) निवेदकको बुवा आमाको नागरीकताको प्रतिलिपि ।
३) नागरीकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए सो खुल्ने प्रमाण पत्र वा वडाको सिफारिस,
४) राहदानी लिएको भए सोको सक्कल वा नक्कल ।
५) बसाई सराई गरेको भए सोको प्रमाण पत्र (२०४० साल अगावै वसाई सराई गरेको भए वडाले वसाई प्रमाणित गरेको कागजात) ।
६) विवाहितको हकमा नागरीकता प्रमाण पत्रमा पति पत्नीको नाम उल्लेख नभएको भए अनिवार्य रुपमा विवाह दर्ता प्रमाण पत्र पेश गर्नु पर्नेछ ।
७) पति पत्नी विच सम्बन्ध विच्छेद भएको भए सोको सक्कल प्रमाण पत्र ।
८) एकल महिला वा पुरुषको हकमा मृत्यु दर्ताको सक्कल प्रमाण पत्र ।

प्रतिक्रिया

सम्बन्धित समाचार