https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, माघ १५ गते ।
वैदेशिक राेजगारमा ठगी तथा दुर्ववहारमा युवाहरुकाे न्यायका धनुषा ज्ञापनपत्र बुझाएको छ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाको अध्यक्ष दुखरन यादवको अगुवाइमा खाेजी रिक्रुटमेन्ट सर्भिस प्रा.लि.को विरुद्धमा रेयाली तथा जिल्ला प्रशासन कार्यालय, धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी श्री अनुज भण्डारी मार्फत सम्मानीय प्रधान मंत्री, माननिय गृहमन्त्री, माननिय श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री, (मधेस प्रदेश) का माननीय मुख्य मन्त्रीलाई १० बुदे माग सहित ज्ञापन बुझाइएकाे छ ।

हाम्रा मागहरु:
१. ठगी गर्ने खोजी रिक्रुटमेन्ट प्रा लि. लाई तत्काल कानून अनुसार कारवाही गरियोस् ।
२) पिंडित आप्रवासी युवाहरुलाई यथाशिघ्र न्याय प्रदान र झूठा मुद्धा खारेज गरियोस् ।
३) वैदेशिक रोजगारमा G to G सम्बन्धी व्यवस्था मिलाई सरकारी स्तरबाट पठाउने व्यवस्था गरियोस् ।
४) वैदेशिक रोजगारीको नाममा भइरहेको चरम ठगि तथा बेचबिखनका घटनाहरु देखिन आएकोले प्रहरी डिपार्टमेन्ट भित्र शसक्त वैदेशिक रोजगार सेलकी स्थापना गरियोस् ।
५) स्थानीय तहहरुमा श्रम तथा रोजगार शाखा कायम गरियोस् ।
६) वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अङ्गभङ्ग भएका कामदारका परिवारलाई जिविकोपार्जनका ।
७) आधार सृजना, उद्यमशिलता विकास तालिम प्रविधी र पूजी सहितको विशेष कार्यक्रमहरुको व्यवस्था गरी कार्यान्वयन गरियोस ।
८) वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरुसँग भएको सीप र व्यवसायिक ज्ञानहरुको पहिचान गर्ने, प्रवद्धन गरी रोजगारी सृजना गर्ने वातावरण मिलाइयोस्। जस्तै सीपको प्रमाणिकरण, ऋण सीपको व्यवस्था, प्राविधिक सहयोग, उद्यमशिलता तालिम, व्यवसाय दर्तामा सहजिकरण आदि। तथ
९) वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था मिलाईयोस। बिप्रेषणको उत्पादनमूलक प्रयोगका लागि सहजीकरण जोड दिईयोस। (वित्तीय साक्षरता कक्षा संचालन, बचत, सहकारी प्रवद्धनमा समन्वय, सीपमूलक तालिम, आदि ।
१०) प्रेम प्रसाद आचार्यलाई आत्मदाह गर्न बिवश गराईएका पिडकहरुको खोजी तथा छानविन गरि कानुन अनुसार कडा कारवाही गरियोस । साथै निजको परिवारको भरणपोषणको व्यवस्था गरियोस ।

खोजी रिक्रुटमेन्ट सर्भिस प्रा. लि. ले १९ जनालाई गरेको ठगि र न्याय दिनुको सट्टा चरम दुर्व्यवहार गरेको ज्वलन्त उदाहरण हुन् र यो प्रतिनिधीमुलक घटना मात्र हुन् । ठगिमा परेका युवाहरुलाई न्याय दिनुको सट्टा दुर्व्यवहार र झुठा मुद्धा लगाउने दुष्प्रयास गरेको सुन्दा गम्भिर ध्यान आकर्षण भएको छ । ठगिमा परेका युवाहरुलाई तत्काल न्याय प्रदान गरियोस् । मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको आप्रवासीहरुलाई ठगि गर्ने दलाल तथा व्यवसायीलाई कानुन अनुसार हदैसम्मको कारवाही गर्नका जोडदार माग गरेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, धनुषाका अध्यक्ष दुखरण यादवले जनाए । यो माग पूरा नभए हामी दाेस्रा चरणको आन्दोलन गर्न बाध्य हुने अध्यक्ष यादवले बताए ।

जसमा धनुषामा १८ स्थानिय तहमा ८ वटै गठित आप्रवासी हकहित संचालका संरक्षण केंद्रका प्रतिनिधि लागायत आप्रवासी कामदारका साथै परिवारहरुकाे समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार