https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

जनकपुरधाम : धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका तीनजना प्रहरी निलम्बनमा परेका छन् ।

हिजो सोमबार हिरासत कक्ष तोडेर ६ जना थुनुवा फरार भएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरीलाई निलम्बनमा परेका हुन् । घटनामा लापरबाही गरेको भन्दै हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जनाइएको छ ।

थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहेको भए पनि ड्युटीको समयमा प्रहरीको लापरबाही देखिएकाले उनीहरुलाई निलम्बन गरिएको बताइएको छ । थुनुवा फरार घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिएका छन् । यसैबीच थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजनालाई सोमवार हिजो बेलुका पुनः पक्राउ गरिएको छ ।

फरार भएकामध्ये हातहतियार तथा खरखजनाका आरोपी रोशन कुमार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनामा रहेको आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी थुनुवा कक्षबाट फरार अन्य पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट