https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, माघ १७ गते ।
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका छन् ।

आज मङ्गलवार ट्राफिक प्रहरीले गरेकाे विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् । २०७४ वैशाख १ गतेदेखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिँदै आएको छ ।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्थाबाहेक हर्न नबजाउन प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालकलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार