
जनकपुरधाम, माघ २० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्री परिषद विस्तार गरेका छन् । जसपा नेपाल ( मुख्यमन्त्री, ३ मन्त्री र १ राज्यमन्त्री), नेकपा एमाले (४ मन्त्री, १ राज्यमन्त्री) र जनमत पार्टी (२ मन्त्री, १ राज्यमन्त्री) पाएको छ ।
शुक्रवार मुख्य मन्त्री राउतले विस्तार गरेको मन्त्री परिषदमा सबैको चासो रहेको समाजिक विकास मन्त्रालयबाट शिक्षा र स्वाथ्य टुक्राइएर समाजिक विकास मन्त्रालयमा जसपाकी सुरिता कुमारी साह लाई मन्त्री बनाइएको छ भने सोहि मन्त्रालयमा दावी गरिरहेका जनमतपार्टीका संसदिय दलका नेता समेत रहेका महेश प्रसाद यादवलाई मिलाउन शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्रालको जिम्मा दिइएको छ । उनले पाएको यो मन्त्रालय नयाँ थपिएको हो ।
मन्त्री परिषदमा दलिय भागबण्डा
जसपा नेपाल ( मुख्यमन्त्री, ३ मन्त्री, १ राज्यमन्त्री)
सरोजकुमार यादव : मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र तत्काल (उद्योग, पर्यटन तथा वन मन्त्रालय)
संजय यादव : अर्थ मन्त्रालय
सुरिता कुमारी साह : सामाजिक विकास मन्त्रालय
सिंहासन साह कलवार : खानेपानी तथा उर्जा विकास मन्त्रालय
शेख अबुकलाम आजाद : सामाजिक विकास मन्त्रालय (राज्यमन्त्री)
नेकपा एमाले (४ मन्त्री, १ राज्यमन्त्री)
सरोजकुमार यादव : भौतिक पूर्वाधार विकास मन्त्रालय
राजकुमार लेखी : कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय
शत्रुधन प्रसाद सिंह : गृह तथा सञ्चार मन्त्रालय
मो. जयद आलम : महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय
केशव राय चौधरी : गृह तथा सञ्चार मन्त्रालय (राज्यमन्त्री)
जनमत पार्टी (२ मन्त्री, १ राज्यमन्त्री)
महेश प्रसाद यादव : शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालय
बसन्त कुशवाहा : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
संजयकुमार यादव : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (राज्यमन्त्री)
जसपा, एमाले र जनमतपार्टीको नेतृत्व गरिरहेका संसदिय दलका नेताहरु आफु अनुकुल राम्रा मन्त्रालयहरु सुरक्षित गर्न सफल भएका छन् । माओवादी सरकारमा नगएपनि वाँकी रहेको एक मन्त्रालयमा सो पार्टीका संसदिय दलका नेता भरत साहलाई ल्याउने प्रयास मुख्यमन्त्रीले गरिरहेका छन । वाँकी रहेको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय माओवादीको भागमा पर्ने छ भने उसलाई एउटा राज्यमन्त्री दिए थप एक महिला सुनिता यादवको सम्भावना छ ।