
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रिलाई राजिनामा बुझाएका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाएको छ ।
प्रधानमन्त्री दाहालले गृहमन्त्रीमा रवि लामिछानेलाई पुनः नियुक्त नगर्ने बताएपछि रास्वपाबाट मन्त्रिपरिषद्मा सहभागी भएकाहरूले राजीनामा बुझाएका हुन् ।