पवन प्रसाद साह
बिरगंज, माघ २२ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले अगामी माघ २९ गते घण्टाघर चौकमा आम सभा गर्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको तदर्थ समितिको बसेको बैठकले अगामी माघ २९ गते आइतबारका दिन पार्टीको सिद्धान्त र निति अनुकुल संविधानिक हिन्दू राष्ट्र र संविधानिक राजसंस्था सहितको प्रजातन्त्र र पार्टीको अझ सुदृढीकरणको निमित्त आन्दोलन कै रुपमा पार्टीलाइ अगाडि बढाउनको निमित्त आम सभा गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका तर्दथ समितिका अध्यक्ष बाबुलाल शर्माले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको तदर्थ समितिको अध्यक्ष बाबुलाल शर्माको अध्यक्षतामा बसेको बैठकमा पार्टीका पुर्ब केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसिया, पार्टीका जिल्ला उपाध्यक्ष राजेस कुमार गुप्ता, पार्टीका जिल्ला सचिव पवन प्रसाद साह, पार्टीका जिल्ला सदस्य उदित सहनी, कल्याण बहादुर हाडा दिपनारायण यादव, रौसन कुमार यादव, शिवबचन यादव, दलित आयोगको केन्द्रिय सदस्य जमुना पासवान लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो ।