https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, माघ २४ गते ।
महोत्तरीको गौशाला नगरपालिकाका कार्यालयमा आज मौसम सम्बन्धी सम्पूर्ण जानकारी गराउने Weather Station जडान गर्ने कार्य सम्पन्न भएको छ ।

 

जडान गरिएको उक्त Weather Station ले यस क्षेत्रको मौसम सम्बन्धी सम्पूर्ण जानकारी जस्तै: बाहिरी र भित्रि तापक्रम, वर्षाको मात्रा, प्रकाशको अवस्था, वायुको दिशा, प्रवेग र चाप, मौसमको पुर्व अनुमान तथा जल वायु परिवर्तन बारे सूचना प्रवाह गर्नेछ । यस उपकरणको मदतले गौशाला नगरपालिकाको जलवायु परिवर्तन तथा वातावरण संरक्षणसंग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न बिशेष मदत पुग्ने अपेक्षा गरिएको छ ।

 

आकस्मिक रूपमा हुने गरेको जलवायु परिवर्तनबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न तथा विपद व्यवस्थापनमा समयमै आवश्यक तयारी गर्न समेत सहज हुने अपेक्षाका साथ गौशाला नगरपालिका कार्यालयमा आफ्नै Weather Station जडान गरिएको नगर प्रमुख डा. दिपेन्द्र महतोले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार