https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोत्तरीको बर्दिबास नगरपालिका १४, सुगमबस्तीका अरुणकुमार साहलाई बालिका अपहरण र हत्याको आरोपमा जन्मकैदको भएको छ ।] जिल्ला अदालत महोत्तरीले साहलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

बर्दिवास नगरपालिका– १४ सुगमबस्तीका सादिम आलकी ६ वर्षीया छोरी गुवालसा खातुनको हत्या प्रकरणमा उनी दोषी ठहर भएका छन् । फैसलामा उनलाई आजीवन काराबास र पीडितलाई एक लाख क्षतिपूर्तिसमेत दिन आदेश दिइएको छ ।

न्यायाधीश रामचन्द्र खड्काको इजलासले सोमवार साह विरुद्धको अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दामा सोमवार यस्तो आदेश दिएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताए ।

०७७ साल मंसिर ७ गते गुवालसा खातुन घरअगाडिबाटै हराएकी थिइन् । उनको शव ८ गते मध्यराती भेटिएको थियो । सोही वेला दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बर्दिबासका स्थानीयले आन्दोलन गरेका थिए ।

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड गोली चलाएको थियो । सोही क्रममा बर्दिबास– १ का सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । आरोपी साहले लकडाउनकै समय गत वैशाख २८ गते गौशाला नगरपालिका वडा नं. ४ बिर्ताका ४४ वर्षीय काठको काम गर्ने मिस्त्री दिलित ठाकुरको हत्या गरेको आरोप लागेको थियो । उनीमाथि ढुंगाले किचेर ठाकुरको हत्या गरेको आरोप छ ।

उक्त हत्या आरोपमा साहलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएकोमा जिल्ला अदालत महोत्तरीले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उनले धरौटी रकम बुझाउन नसक्दा केही दिन थुनामै बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार