https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

कार्कीले अध्यक्षका अर्का उम्मेदवार प्रगतिशिल समूहका डा. सन्तोष पौडेललाई १२१४ मतले पराजित गरे । कार्कीले ३५३७ मत पाए भने पौडेलले २३२३ मत पाए ।

यस्तै महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा सन्जिब तिवारी विजयी भएका छन्। उनले डा अमृत भुसाललाई १३७७ मतले पराजित गरेका छन् । तिवारीले २९१८ मत पाएका छन् भने भुसालले १५४१ मत पाए। यस्तै अर्की उम्मेदवार रक्षा श्रेष्ठले १५०५ मत पाइन् ।

यसैगरी उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा. निरज कुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट वीजयी भएका छन् ।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा. प्रमोद जोशी, सह-कोषाध्यक्ष डा. विक्रान्त ढकाल र सह-सचिवमा डा. लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

संघको निर्वाचनमा कुल ६२९१ मत खसेको थियो ।
स्रोत : स्वास्थ्यखबर

प्रतिक्रिया

सम्बन्धित समाचार