https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, माघ २५ गते ।

सर्लाहीको चन्द्रनगरमा फागुन १ गतेदेखि ई हाजिरी लागू हुने भएको छ ।

चन्द्रनगर गााउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयमा ई-हाजिरी (फिङर प्रीन्ट अर्थात औंठा बाला हाजिरी मसिन) को व्यवस्था गाउँपालिकाले गरेको छ ।अगामी फाल्गुन १ गते देखि गाउँपालिकाका सम्पुर्ण शाखा, केन्द्र, कार्यालय र विद्यालयमा अनिवार्य रुपमा ई-हाजिरी गर्नु पर्ने व्यवस्था मिलाईएको छ ।

प्रत्येक महिनाको ई-हाजिरीमा गैल देखिएको दिनको नियमानुसारको कागजात सहित उचित कारण नभएको अवस्थामा नियमानुसारको गैल कट्टी हुने व्यहोरा पनि अनुरोध गरिएको छ । सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई-हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालयको प्र. अ. को हुनेछ ।

ई-हाजिरी मेसिनमा कुनै समस्या देखिएमा गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने हुन्छ । सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनु पर्ने हुन्छ । यस सम्बन्धि कुनै ढिला सुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्नु हुन आग्रह छ ।

जनतालाई सेवा प्रदान गर्ने काममा बिना उचित कारण र नियमानुसारको कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरि जनतालाई समयमा चुस्त दुरुस्त तवरले गुणस्तरीय सेवा प्रवाह गरि सम्बन्धित सम्पुर्णले आफ्नो पदिए र नैतिक जिम्मेवारी निर्वाह गर्नु हुनेछ भन्ने बिश्वास लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार