https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजन सिंह
धनुषा, माघ २६ गते ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बिहीवार उपमहानगरपालिकाका स्वास्थ्य संस्था र विद्यालयमा अनुगमन निरीक्षण गरेका छन् ।

बिहिबार नगर प्रमुख साहले उपमहानगरपालिकाको वडा नं. १८ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र , स्वास्थ्य चौकी र शंकर आधारभुत विद्यालय महुवाको छड्के अनुगमन गरेका छन् । अनुगमनको क्रममा कतिपय स्वास्थयकर्मी र शिक्षकहरु समयमा उपस्थित नहुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

नगर प्रमुख साहले सबै कर्मचारीलाई सरकारले तोकेको कार्यालय समयमा अनिवार्य उपस्थित रही तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन । अबदेखि कुनै किसिमको लापरबाही नगर्न चेतावनी पनि दिएका छन । नगर प्रमुख साहले उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन र कामै नगर्ने कर्मचारीलाई नियमानुसार कारबाही समेत गरिने चेतावनी पनि दिएका छन् ।

अनुगमनमा वडा नं. १८ का अध्यक्ष लक्ष्मेश्वर मंडल, वडा नं. १० का वडाध्यक्ष मिथलेश कर्ण, वडा नं. २२ का अध्यक्ष बिमलेश मिश्र, स्वास्थ्य शाखा प्रमुख विजय साहको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार