https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, माघ २७ गते ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कक्षा १२ उतिर्ण गरि २० वर्ष पछि विवाह गर्ने छोरीलाई विवाह मन्डपमै गा.पा. अध्यक्ष राज कुमार महतोले छोरी र वहाँको परिवारलाई प्रोत्साहन र सम्मान स्वरुप ५० हजारको चेक हस्तान्तरण गरिएको छ । राती १२.३० बजे विवाह समारोहमै सो चेक हस्तान्तरण गरिएको थियो ।

 

चन्द्रनगर गााउँपालिकाको विषेश पहल “बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच अभिवृद्धि कार्यक्रम” अन्तरगत वडा नम्बर ७ चन्द्रनगर निवासी पिन्की कुमारी साहको विवाह मन्डपमै उक्त पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

 

१२ कक्षा पास गरि २० वर्ष पछि विवाह गर्ने र गाउँपालिकाबाट प्रोत्साहन र सम्मान अनुदान प्रदान गरिने यो दोस्रो विवाह हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार