https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, माघ २७ गते ।
महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीद्वारा धनुषा जिल्ला मुखियापट्टी मुसरिया गाँउपलिकामा कार्यरत कर्मचारी माथि कुटपिट तथा अभद्र व्यवहार गरेको घटनाप्रति घोर निन्दा गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।

शुक्रबार गौशाला नगरपालिकाको कार्यालयको सभाकक्षमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शौर्या शाहको अध्यक्षतामा बैठक बसी धनुषा जिल्ला मुखियापट्टी मुसरिया गाउपलिकाको प्रमुख लगायत अन्य व्यक्तिहरुद्धारा त्यस पालिकामा कार्यरत कर्मचारी अधिकृत छैटो श्री श्रवन कुमार यादव र आ.ले.पा. सहायक पाँचौ श्री नविन कुमार साह माथि भएको कुटपिट लगायतका अभद्र व्यवहारप्रति हामि सम्पूर्ण कर्मचारीहरु त्यस घटनाको घोर निन्दा गर्दै दोषीलाई कडा कारवाहीको माग गर्दै कार्यालयमा कर्मचारीको स-सम्मान कार्य वातावरण निर्माणको माग गरेका छन् ।

घटना
बिहिबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले कर्मचारीमाथि हतपात गरेका छन् । गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठों तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नवीन कुमार साहमाथि हातपात गरेको आरोप लगाइएको छ ।

विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद भएपछि अध्यक्ष यादवले हातपात गरेको कर्मचारीले बताए । कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आइरहेको आरोप लगाएका छन् । लेखा परीक्षक साहले बुधबार गाउँपालिका अध्यक्ष यादव सहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर भरत महतोले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए ।

गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अगाडि पछाडि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिइएको लेखाका कर्मचारी साहले बताए । उनले बुधबार आफूहरु हाजिरी गर्न जाँदा हाजिरी गर्न नदिएर उल्टै आफूहरुमाथि हातपात गरेको थिए ।

अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन् । उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार