https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका बालकहरुको २ समूहबीच झड्प भई आगजनी र तोडफोड गरिएको छ । सिरक, डस्ना जलेको छ भने तोडफेड पनि भएको छ । बिहिवार राती २० जना बालकहरुलाई भक्तपूरस्थित बाल सुधार गृहमा लैजाने तयारी गरिएपछि स्थिती तनावपूर्ण भएको बालसुधार गृहका इन्चार्ज विमला काउचा मगरले बताउनुभयो । २० जना मध्ये १३ जना गाडीमा बसेपनि अन्य ७ जना असन्तुष्ट भएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बाल सुधार गृहको स्थिती अहिले सामान्य रहेको जानकारी दिनुभयो । बिहिवार अन्यत्र लैजान लागिएका २० जना नै १८ बर्ष उमेर भन्दा बढिका रहेका छन् । बाल सुधार गृहको क्षेत्रमा कार्यरत यूसेफ नेपालका निर्देशक केशव सुवाल सहितको टोलीले शुक्रबार विहान असन्तुष्ट बालकहरुसँग छलफल गरेको छ । घर पायक भन्दा टाढा लैजान लागिएको भन्दै असन्तुष्ट उनीहरुले राखेको मागमा छलफल चलिरहेको सुवालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार