
महोत्तरी, माघ २७ गते ।
महोत्तरीको औरही नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले पानसमा बत्ती बालि ब्यानर पढेर शिल्डदोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा औरही नगरपालिका भित्रका ४ ओटा सामुदायिक माध्यमिक विधालय र २ ओटा निजि बोर्डिंग विधालय गरी जम्मा ६ वटा विधालयले सहभागी जनाएका छन् ।
“स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका दोस्रो दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सन्चालन गर्न लागिएको औरही नगरपालिका नगर प्रमुख खड्काले बताए । विद्यालय तहका छात्रछात्राहरुका लागि छुट्टाछुट्टै विभिन्न किसिमका खेलकुदहरु भलिबल, हाईजम्प, त्रिपलजम्म, लंगजम्म, सटपुट छेलो, दौड, ज्याभलिङ्ग थ्रो, कपर्दी, रिले रेस जस्ता खेलहरु रहेको नगरपालिका शिक्षा शाखाका प्रमुख धनबहादुर राईले जानकारी दिनुभयो । नगरपालिकाको आयोजना तथा श्री प्रसाद सिंह माध्यमिक विधालय औरहीको सह आयोजनामा प्रतियोगिता भइहेको शिक्षा प्रमुख राइले जनाए ।
दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ गते देखि २९ गते सम्म संचालन हुनेछ । औरही नगरपालिकाका नगर प्रमुख खड्काको अध्यक्षयता तथा अतिथिमा नगर उप-प्रमुख रेणु कुमारी झा, वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु, बिभिन्न पार्टीका पार्टी प्रतिनिधि, विभिन्न विधालयका प्रधानाध्यापक, अभिभावक, विधार्थीहरु, खेलकुद निर्णायक रबि यादव, रामकारण चौधरी र ज्ञानेन्द्र यादवको उपस्थिति रहेको थियो ।
उक्त उद्घाटन कार्यक्रम संचालन शिक्षा शाखाका प्रमुख धन बहादुर राईले गर्नु भएको थियो । खेलमा आज पहिलो दिन मावि बैरिया र मावि श्रीपुर बीच कपर्दी खेल सुरु हुँदा मावि बैरिया १४ अंक र मावि श्रीपुर ३२ अंक लिएर मावि श्रीपुर विजय भएको छ ।