https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, माघ २९ गते । 
महोत्तरी औरही नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ २७ गते देखि २९ गते सम्मका लागि आयोजना गरिएको नगर स्तरीय खेल आज अन्तिम दिन फाइलन खेलमा श्री प्रसाद सिंह माबि औरहीले प्रथम स्थान हासिल गरेको छ। श्री प्रसाद सिंह माबि औरहीले १५ स्वर्ण, ४ रजत र ५ कास्य गरी कुल २४ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो ।

खेलमा सोन्फी दशै माबि श्रीपुर १० स्वर्ण ५ रजत र ३ कास्य गरी कुल १८ पदक प्राप्त गरी दोस्रो र राम विलास यादव जनता माबि भोईल टिम्किया ४ स्वर्ण ५ रजत र ३ कास्य गरी कुल १२ पदक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको हो ।

चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमी औरही २ स्वर्ण ६ रजत र ४ कास्य गरी कुल १२ पदक प्राप्त गरी चौथो स्थान हासिल गरेको हो । सनराईज इंग्लिश बोर्डिङ स्कुल औरही १ स्वर्ण ७ रजत र १० कास्य गरी कुल १८ पदक प्राप्त गरी पाँचौ स्थान हासिल गरेको हो । श्री माबि बैरिया १ स्वर्ण ३ रजत र ४ कास्य गरी कुल ८ पदक प्राप्त गरी छैठौ स्थान हासिल गरेको हो ।

औरही नगरपालिकाका भित्रका ४ ओटा सामुदायिक माबि बिधालय र २ ओटा निजि बोर्डिंग बिधालय गरी जम्मा ६ वटा बिधालयले सहभागी जनाएका थियो ।प्रतियोगितामा विभिन्न किसिमका खेलकुदहरु भलिबल, हाईजम्प, त्रिपलजम्म, लंगजम्म, सटपुट थ्रो, दौड, ज्याभलिङ्ग थ्रो, कपर्दी, रिले रेस खेलहरु खेलाएको थियो ।

प्रतियोगिता उद्घाटन औरही नगरपालिका का नगर प्रमुख प्रदिप कुमार खड्काले सट फुट फ्याकेर माघ २७ गते औरही नगरपालिका २ स्थित रहेको श्री प्रसाद सिंह माबि औरहीको खेल मैदानमा प्रतियोगिता उद्घाटन गर्नु भएकाे थियो। “स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” मुल नाराका साथ अगाडि बढेका औरही नगरपालिका अगामी दिनमा बिद्यालयहरुमा प्रयाप्त खेलकुद सामाग्री उपल्बध गराइ दक्ष खेलाडी बनाइनेछ, अगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सन्चालन गरिने नगर प्रमुख खड्काले जनाउनुभयाे। प्रतियोगितामा सहभागी खेलाडीहरुलाई कप, मेडल र प्रमाण पत्र औरही नगरपालिकाका नगर प्रमुख खड्का द्वारा बितरण गरिएको छ।

कार्यक्रममा सहयोग पुर्याउने औरही नगरपालिकाको शाखाका प्रमुख धन बहादुर राई, सुरक्षाकर्मी, खेल प्रशिक्षक पुर्व रा.खे पा सदस्य मधेस प्रदेश भलिबल संघका अध्यक्ष भलिबल प्रशिक्षक रबि यादवले खेल सभ्य र भव्यका साथ खेल खेलाउनु भएको हो। आईतवार पुरस्कार वितरण गर्दै नगरप्रमुख प्रदिप कुमार खड्काले विजेता छात्र-छात्राहरूलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गर्नुभयो ।

उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुद मैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो । नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो, तृतीय, चौथो, पाचौ र छैठौ छनोट गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख धन बहादुर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार