https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राकेश गुप्ता
सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका स्थित रानीगञ्जमा भएको सवारी दुर्घटनामा लेनदेन विवादका कारण घटना घटाइएको पीडित परिवारले दाबी गरेका छन् । उनीहरूले दोषीलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेका छन् ।

घटनामा ज्यान गुमाएका लालबन्दी नगरपालिका- १७ रानीगञ्जका स्थानीय शंकर महतोका छोरा ३३ वर्षिय राजकुमार महतोको आफन्त र छिमेकीहरुले घटनामा संलग्न सवारीका चालक २२ वर्षीय मुकेश साहलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेका छन् ।

शनिवार(आज) पीडित परिवारले घरमै पत्रकार सम्मेलन गर्दै मृतकका बुबा शंकर महतोले आफ्नो छोरालाई ठक्कर दिने सवारीका चालक मुकेश साहलाई हदैसम्मको कार्वाही हुनुपर्ने बताए । 

‘त्यो दुर्घटना हो हामी बुझ्दछौं । त्यसमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ त्यो पनि हामी बुझ्दछौं । प्रहरीको अनुसन्धान आफ्नो ठाउँमा छ तर वास्तविक कुरा के हो भने त्यो दुर्घटनामा ज्यान लिने मनसायले नै घटना घटाईएको देखियो ।’ उनले भने । 

 

गाडीको ठक्करपछि बाटोबाट निकै पर उछिट्टएका घाईतेलाई चालकले बचाउनुको सट्टा किचेको भन्दै घटना ज्यान लिने मनसायले घटाइएको पिडित परिवारको भनाई छ । ‘यो घटनामा मर्ने मरि हाल्यो । बाँच्नेलाई किन दुःख दिनु भन्ने भावनाबाट अनुसन्धान भइरहेको हो कि भन्ने हामीले बुझेका छौं ।’ मृतकका बुबाले भने ।

उनले यो एउटा दुर्घटना भएपनि मुख्य कारण लेनदेन नै रहेको बताए । ‘विरेन्द्रसँग मैले १ लाख ५० हजार रुपैयाँ लिनु पर्ने थियो । मेरो छोराले गाडी किनेपछि मैले त्यो पैसा माग्न गएँ । पैसा माग्ने क्रममा विवाद भएर छोराको ज्यान मार्ने धम्की दिएका थिए ।’ उनले भने ।

धम्कि दिएको ४ दिनपछि छोराको ज्यान लिएको पिडितको वुवाले आरोप लगाए । दुर्घटनाको प्रत्यक्षदर्शी स्थानीय द्रौपदी महतोले घाईतेलाई बचाउनुको सट्टा चालकले दोस्रो पटक किचेर मारेको बताईन् । ‘दुर्घटना हुँदा म आँगनमै बसिरहेको थिएँ ।

दक्षिणतिरबाट तिब्र गतिमा आएको बोलेरोले मोटरसाईकललाई ठक्कर दियो । बोलेरो चालकले गाडी रोकेर घाईतेलाई बचाउलान भनेको त हामीले भन्दा भन्दै गाडी अगाडी बढाएर र घाईतेलाई किचे ।’

प्रतिक्रिया

सम्बन्धित समाचार