https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, फाल्गुन १२ गते ।
सर्लाहीको पुर्वी क्षेत्रमा रहेको हरिपुर्वा नगरपालिका ५ स्थित रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको नया भवनको उद्घाटन हरिपुर्वा नगरप्रमुख बिनोद कुमार साहद्वारा सु सम्पन्न भएको छ ।

२०६६ साल जेठ महिनाको २८ गते जिल्ला डिभिजन सहकारी कार्यालयबाट दर्ता गराइ शुरूवात गरेको जयगंगा बचत तथा ऋण सहकारी संस्था अहिले हरिपुर्वा नगरपालिका भित्र कै पहिलो अनलाइन सहकारीको रुपमा आफ्नो स्थान बनाउन सफल भएको छ ।

नया भवन उद्घाटन कार्यक्रम तथा संस्थाको १४ औ वार्षिक सधारण सभामा सहकारीका प्रबन्धक मुकेश झाले आर्थिक वर्ष २०७८/०७९ को आय व्यय प्रस्तुत गरेको छन ।  २ हजार ५ सय शेयर पुजिबाट शुरुआत भएको जय गंगा बचत तथा रिन सहकारी संस्थाको शेयर पुजि ३० लाख भएको झाले बताए ।

त्यसतै संस्थाको निक्षेप बचत मा ५ करोड ५ लाख ३१ हजार ७ सय ६५ रहेको छ । संस्थाको कर्जा लगानी मा ३ करोड ५५ लाख ३६ हजार २ सय ४३ रहेको छ । संस्थाले यस आर्थिक बर्षमा ४ लाख ५७ हजार ५ सय ८ रुपैया आयकर पछि को नाफा प्राप्त गरेको छ  ।

जयगंगा बचत तथा ऋण सहकारी संस्थामा अहिले ३ हजार १ सय सदस्यले प्रत्यक्ष रुपमा कारोबार गरिरहेको संस्थाको प्रबन्धक मुकेश झाले बताए ।

भवन उद्घाटन समारोह संस्थाको अध्यक्ष गणेश कुमार यादवकाे अध्यक्षता तथा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिनोद कुमार साहले शिलापत्रलाइ पढेर नया भबनको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा विशिष्ट आतिथीको रुपमा समाज सेवी दुखिया भन्ने नरेन्द्र राय रहनुभएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा वडा नम्बर १ को वडा अध्यक्ष श्यामबाबु राय, ६ को वडाध्यक्ष राम सोगारथ राय, ७ का वडाध्यक्ष उमेश राय, ४ को भु पु वडाध्यक्ष नागेश्वर राय सहित ब्यपारी बर्ग, संस्थाको संचालक समिती सदस्य, शेयर सदस्य लगायत सर्वसाधारणहरुकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार