https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

चन्दन कुमार महतो
रौतह। फाल्गुन १३ गते ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबामा रहेको नेमधारी बासुदेव नमूना विद्यालयको शनिवार अभिभावक भेला संपन्न भएको छ । विद्यालय व्यवस्थापन समितिको गठन गर्न लागि विद्यालयले आव्हान गरेको अभिभावक भेलाबाट २ जना पुरुष र २ जना महिला सर्व सहमतिबाट चयन गरिएको हो ।

प्राध्यानध्यापक रबि शंकर यादवले दिएको जानकारी अनुसार अभिभावक भेलाबाट पुरुष तरफ राम गणेश प्रसाद यादव , सत्य रंजन प्रसाद यादव र महिला तरफ गीता देवी यादव र मालती देवी महतो छनौट भएको छ ।शिक्षा प्रतिनिधि राजेश यादवको रोहबरमा भएको भेलामा सहभागी भएका अभिभावकहरुले विद्यालयको भौतिक पूर्वाधार र पठन पाठनको व्यवस्था प्रति ख़ुशी व्यक्त गरेका थिए । मधेश प्रदेश भरीमा पुर्बाधारको विकाशमा नेमधारी बासुदेव नमूना विद्यालयको नव निर्मित भवन पहिलो स्थानमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले दावी गरे ।

उहाले भने मिहनत परिश्रम गरेर विद्यालयलाइ यहाँ सम्म पुर्याएको छू । १ हजार ८ सय विद्यार्थी रहेको विद्यालयको अध्यन अध्यापनको अवस्था जिल्ला मै उत्कृस्ट रहेको बताए । अभिभावक भेलामा वड़ाका निर्वाचित वड़ा अध्यक्ष विजय शंकर यादव, वड़ा सस्दय प्रमिला देवी ठाकुर, कार्यपालिका सदस्य पनालाल महतो, प्रदेश सभा सदस्य को प्रत्यासी राज किशोर यादव पूर्व संविधान सभा सदस्य रम्भा देवी यादव लगायत शिक्षक शिक्षिका संचारकर्मीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार