
चन्दन कुमार महतो
राैतहट, फाल्गुन १५ गते ।
रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम ल्याएको छ ।
रौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको रौतहट ग्रान्डी हस्पिटल गरुडाले महिला गर्भवती महिलाहरूको लागि आमा सुरक्षा कार्यक्रम ल्याएकाे हाे ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत नि: शुल्क गर्भवती महिलाहरूको लागि डेलिभरी CS ( सिजरियन ) अप्रेसन गरिनेछ ।
रौतहटको गरुडा नगरपालिका झाँझ पुल स्थित रहेको रौतहट ग्रान्डी हस्पिटलमा आमा सुरक्षा कार्यक्रमबाट गर्भवती महिलाहरूको लागि नि: शुल्क डेलिभरी तथा CS सिजरियन अप्रेसन सुरु भएको ग्रान्डी हस्पिटलको संचालक डाक्टर संजिप जयसवालले जानकारी दिनुभयो ।
आमा सुरक्षा कार्यक्रम ल्याएकोमा यस भेगका बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् । साथै हस्पिटलका संचालक डाक्टर संजिप जयसवाललाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
कसैलाई केही थप जानकारी चाहियो भन्ने सम्पर्क गरेर जानकारी लिनु हुन अनुरोध छ । टेलिफोन नम्बर ०५५-५६५१४६ र माेबाइल नम्बर ९८५५०४२४४८ रहेको छ ।