गाैशाला : महाेत्तरीकाे सोनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत राजगिर महतो बुधबार हाजिर भएका छन् ।
गाउँपालिका प्रमुख अध्यक्ष बिशेश्वर प्रसाद यादव सहित वडा अध्यक्षहरू र कार्यालयका कर्मचारीहरू लगायत सयौको संख्यामा महतो हाजिर भएका छन । कार्यालयमा गा.पा. अध्यक्षले प्रमुख प्रशासकिय अधिकृतलाई नेपाली टोपी, खादा, माला अबिर लगाई स्वागत गरेका छन् । यस अघि बरियारपट्टी गाउँपालिका सिरहाको कार्यालय प्रमुख रहेका महतोले अब सोनमा गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने छन् ।
कार्यालयमा हाजिर भएपछि महतोले सोनमा गाउँपालिकालाई शुन्दर गाउँपालिका बन्नाउने प्रतिवद्धता गर्दै सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन् । नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख महतोले कर्मचारीहरूलाई आफ्नो इमान्दारिताका साथ कामकाज गर्न निर्देशन पनि दिएका छन् ।