महेश सिंह
सिरहा लहान, फाल्गुन १८ गते ।
वैदेशिक रोजगारीमा ९ महिना अगाडि कुबेद पुगेका कटारी नगरपालिका वडा नम्बर ८ बरमी बस्ने बुवा श्याम बहादुर र आमा सोममयाको कान्छो छोरा दिनेश टी खतरीलाई हर्ट एटयाकट भएर बिदेशमै मृत्यु भएको थियो ।
मृतक दिनेशको श्रीमती र ६ बर्षको एक छोरा छन् । श्रीमानको सोकमा डुबेका श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले क्रिया खर्च १ लाख, बिमितको बिदेशमा मृत्यु भई सब स्वदेशमा ल्याईएको प्रमाणको अधारमा १ लाख, आय नोक्सानी वाप्त २ लाख, माङ्गक १० लाख गरी जम्मा १४ लाख रकम भुक्तानी गरेका हुन् ।
मृतक दिनेशको बिमा अभिलेख नम्बर FE1000397596 भएको थियो । घरमा जग्गा जमिन समेत नरहेका उनले करिब १५ वर्षदेखि भाडाको घरमा बस्दै आएका हुन् । मृतकको श्रीमती आरतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले स्थानीय कुमारी गुरुङ्ग र पत्रकार महेश सिंहको रोहबरमा प्रबन्धक महतोले मृतककी श्रीमती आरतीलाई १४ लाखको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका छन् ।
आमा बुवा समेत गुमाएका दिनेश ठुलो सपना बोकेर वैदेशिक रोजगारीको लागी कुबेद पुगेका उनले बाकसमा प्याक भएर स्वदेश फर्किएका छन् । उनले पुर्ण रूपले सुकुम्बासी रहेका छन् भने मृतकको श्रीमती र ६ वर्षको छोरा छन् ।