काठमाडौँ : नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटमा छनोट भएको छ । प्रतियोगिताको एसियाली छनोट अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।
१ सय ९२ रनको लक्ष्य पछ्याएको यूएईलाई ४८ ओभरमा १ सय ८४ रन मै समेट्दै नेपाल विजयी भयो । यूएईका लागि इथान काल्लले ५० रन बनाउनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनाएको थियो । कप्तान देव खनालले ५१ रन तथा विशालविक्रम केसीले ३८ र उत्तम थापाले ३६ रन बनाएको खेलमा दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रनको योगदान गर्नुभयो ।
नेपालले यसअघि २०१६ मा यू १९ कोविश्वकप क्रिकेट खेलेको थियो ।