https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, फाल्गुन १७ गते ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नाढीमन ताल संरक्षण, मौलिक पुननिर्माण र सौन्दर्यीकरण गरी नाढीमन ताललाई संरक्षण गर्नका लागि कम्पाउन्ड वाल निर्माण शिलन्यास गरिएको छ । उक्त ताललाई गाउँपालिकाले विशिष्ट, अद्धितिय र उत्कृष्ट पर्यटन गन्तव्य मध्येको एक बनाउने सोच, सपना र संकल्पको बुधबार विधिवत शिलन्यास गरिएको हो ।

विगतको दशकहरुमा विभिन्न पक्षबाट विभिन्न कालखण्डमा नाढीमन क्षेत्रको जग्गालाई आफनो बनाई लालपुर्जा लिई नाढीमन क्षेत्रलाई संकुचित बनाएर वर्तमान अवस्थामा अलपत्र रुपमा पुरयाएर छोडिएको नाढीमन क्षेत्रको वर्तमान जग्गालाई संरक्षण गर्न जग्गा नाप जांच गरी सालपोल गाडि सिमांकन गर्ने कार्य सम्पन्न गरेर बुधबार नाढीमन तालको कम्पाउन्ड वाल निर्माण कार्यको शिलन्यास गरिएको गाउँपालिका अध्यक्ष राज कुमार महतोले बताए ।

कम्पाउन्ड वाल निर्माण कार्यको शिलन्यास चन्द्रनगर गाउँपालिका अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सामाजिक अगुवा र कर्मचारीद्धारा संयूक्त रुपमा सम्पन्न भएको थियो । यस शिलन्यास कार्यक्रममा सहभागी हुने सम्पूर्ण महानुभावप्रति चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महत्वले कृतज्ञता व्यक्त गरेका थिए ।

चन्द्रनगर गाउँपालिकाको नेतृत्व र नापी कार्यालयको प्राविधिक सहयोगमा आधुनिक प्रविधिको प्रयोग गरी नाढीमन क्षेत्रको बेचिएको जग्गाको सिमांकन गर्ने कार्य सम्पन्न भएको थियो । यसमा चन्द्रनगर गाउँपालिका भूमि तथा जलाधार व्यवस्थापन शाखा र नापी कार्यालयको सहयोग प्रशंसनीय रहेको अध्यक्ष महत्वले बताएका छन् ।

नाढीमन तालसँगै यससित जोडिने सम्भावना बोकेका ताल तलैयाको संरक्षण, मौलिक पुनर्निर्माण र सौन्दर्यीकरण गरी व्यवस्थित बनाउने पवित्र कार्यमा सर्वपक्षीय सहयोग रहेकोप्रति अध्यक्ष महत्वले खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘अहिलेसम्म हामी सबैको सहयोगमा यहाँसम्म ल्याइएको छ, अब यसको संरक्षणको जिम्मा यहाँका जनताको हातमा सुम्पिएको छु । ‘अब पालो जनताको हो, नाढीमन तालको विकासका लागि योगदान गर्ने । गाउँपलिकाका जनता र सम्बन्धित सरोकारवालाले नाढीमन ताल बनाउन आफनो–आफनो ठाउँबाट सहयोग, सहजीकरण र योगदान गर्नुहुने विश्वास लिएको छु,’ अध्यक्ष महत्तोले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार