गाैशाला : महाेत्तरीमा मालपोतका सुब्बा र लेखापढी व्यवसायी घुस रकम सहित पक्राउ परेको छ ।
मालपोत कार्यालय जलेश्वरका मुद्दा फाँटमा कार्यरत नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भू सेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्ण घुस रकमसहित पक्राउ परेकाे हाे ।
बिहीबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कार्यालय बर्दिबासका डिएसपी सुभाष राईको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । काम गरिदिने भन्दै सेवाग्राहीसँग नौ हजार घुस लिएको उनीहरूमाथि आरोप छ ।
मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसँग रकम लिएर लेखापढी व्यवसायी कर्णको फार्ममा आएर सो रकम राख्न दिएको वेला उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले आवश्यक अनुसन्धानका लागि दुईजनालाई बर्दिबास स्थित कार्यालयमा ल्याएको तयारी प्रवक्ता भाेला दाहालले जानकारी दिए ।