https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : धनुषामा राजदेवी मन्दिरबाट लुटपाट गर्नेहरू पक्राउ परेको छ । जिल्लाको रमदैयास्थित राजदेवी मन्दिरबाट डकैती गरेको आरोपमा हातहतियार र लुटपाटका सामान सहित ५ जना पक्राउ परेका हो ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने वर्ष ३७ का रजाक मोहमद, विदेह नगरपालिका न.४ सुन्दरपुर बस्ने वर्ष २९ का मोहमद हबगुल्ला साह, वर्ष २२ का नर्सुदिन साह, वर्ष ३० को सरिफ मुसलमान, कमला नगरपालिका ७ हथमुन्डा बस्ने वर्ष २२ का रमेश कुमार महतो छन् ।

धनुषाको रमदैयास्थित राजदेवी मन्दिरमा फागुन १४ गते राति ताला तोडेर देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर सामानहरू चोरी भएको थियो ।

सोही सोधखोज र अनुसन्धानमा उनीहरुलाई चोरीको सामान र डाँका गर्ने हातहतियार समेत बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनीहरुलाई धनुषा प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार