काठमाडौं : काभ्रेपलाञ्चोक र अछामलाई केन्द्रविन्दु बनाएर आइतबार (आज) बिहान दुईवटा भूकम्प गएको छ ।
आज बिहान ८ बजेर ३५ मिनेटमा काभ्रे केन्द्रविन्दु भइ ४.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसैगरी आज बिहान ८ बजेर ३५ मिनेटमै अछामलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा रेकर्ड भएको छ ।
आज एकै समयमा दुई भुकम्पको धक्का महसुस गरिए पनि भुकम्पका कारण भएको क्षतिबारे भने कुनै जानकारी प्राप्त भएको छैन ।