https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज : राष्ट्रिय प्रजातन्त्र पार्टी सुदृढिकरण समिति पर्सा द्वारा होली मिलन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

होली मिलन समारोह कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रिय सदस्य तथा पुर्व जिविस पर्साका सभापति शम्भु चौरसिया तथा कार्यक्रमका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रिय सदस्य विश्वनाथ साह तेली संयुक्त रुपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा अबिर टिका फुलको माला लगाइ कार्यक्रमको उद्घाटन गरेका थिए ।

साथै स्वागत मन्तव्य राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन का केन्द्रिय सदस्य अनिल कुशवाहा ले राखेका थिए त्यस पश्चात विधिवत् रुपमा कार्यक्रम सुचारु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पुर्व जिविस पर्सा का सभापति शम्भु चौरसिया, पार्टीका पुर्ब केन्द्रीय सदस्य विश्वनाथ साह तेली, गया पासवान, पार्टीका नेता नरेश साह कानु, पार्टीका जिल्ला उपाध्यक्ष राजेस कुमार गुप्ता, पार्टी जिल्ला उपाध्यक्ष अवध किसोर साह, पार्टीका जिल्ला सह सचिव पवन प्रसाद साह,जिल्ला सदस्यहरू उदित सहनी, दिपनारायण यादव, बिजय पासवान, रोसन यादव, जय श्रीवास्तव, रोसन सिंह, संदिप गुप्ता लगायतकाले शभुकामाना मन्तव्य व्यक्त गरेका थिए ।

साथै होली मिलन समारोह कार्यक्रम कै अवसरमा कार्यक्रमका प्रमुख अतिथि चौरसियाले राजधानी दैनिकका मधेस प्रदेश प्रमुख वरिष्ठ पत्रकार तुलसी भण्डारी, न्युज आजतक दैनिकका कार्यकारी सम्पादक किरण सत्याल, दर्शन सप्ताहिकका सम्पादक कल्याण बहादुर हाडा, प्रहार डेलीका समचार प्रमुख पवन प्रसाद साह, रेडियो बिन्दासका बिरेन्द्र साहलाइ दोसाला ओढाइ अबिर लगाई सम्मान गरिएका थिए ।

साथै सम्मान कै क्रममा राष्ट्रबादी बिर गोर्खालीका संयोजक बिरेन्द्र थापा, दिवाकर सुवेदी, रोसन सिंहलाई समेत दोसाला ओढाइ अबिर लगाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कवि छोटेलाल प्रसाद साह तेली ले होलि सम्बन्धित कविता सुनाएका थिए भने अतिथीहरुले एकआपसमा अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए भने कार्यक्रमको सहजीकरण बिरेन्द्र साह ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार