
गाैशाला : सामाजिक सद्भाव तथा प्रेम प्रवर्द्धनको प्रतिकको रुपमा मनाइने रङ्ग र अबिरहरुको महापर्व होलीको शुभ अवसरमा नगरवासी तथा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख शान्ती तथा समृद्धिको कामना सहित होलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै होली पर्व हर्सोहुलासको साथ मनाउन महाेत्तरीकाे गाैशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले अनुरोध गरेको छ ।
होली पर्वमा हाँसिखुसीका साथ मनाउने पर्व भएको यस पर्वलाई धुमधामको साथ मनाउन नगरप्रमुख डा. दिपेन्द्र महतोले अनुरोध गरेकाछन् । महतो होली पर्वलाई कतिपय व्यक्तिले ईष्या, दोषको प्रतिशोध लिन यस पर्वको प्रतिक्षामा बसेको हुनाले त्यस्ता गतिविधि नगरी भाईचार कायम गरी शान्ति वाताबरण तरिकाले होली पर्व मनाउन आग्रह गरेकाछन् ।
होलीमा जाँड, रक्सी खाई कोही कसैले इच्छा विपरीत रंग, अबिर लगाउनु, अपरचित व्यक्तिलाई रंगको लोला हान्नु, ठुलो साउण्डमा डि.जे. बाजा बजाउनु, हेल्मेट नलगाउनु, मोटरसाईकलमा तीन जना भन्दा बढी व्यक्ति सवार भई मोटरसाईकल चलाउनु यस्ता कामकाज गर्नाले घरपरिवारलाई दुःखमा धकेल्नुको साथ साथै आफ्नै जिन्दगीसंग खेलवार हुने गरेको अनेकौ उदाहरणहरु प्रयाप्त भएकोले यस्ता गतिविधिहरु नगर्न नगराउन समेत डा. महतोले अनुरोध गरेका छन् ।
होली पर्व वसंत ऋतुको आगमनको साथै मनाउने एक महत्वपूर्ण पर्व हो । जसलाई नेपाल भारत लगायत हिन्दु बसोवास भएको ठाउँमा मनाउने पर्व हो यो पर्व हिन्दु पचांगको अनुसार फागु पुर्णिमाको दिन मनाउने गरिन्छ ।